NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल र जिम्बावेबीचको दोस्रो टि–२० खेल वर्षाका कारण रद्द

काठमाडौं । वर्षाले प्रभावित बनेर रोकिएको नेपाल र जिम्बावे ‘ए’ बीचको टि–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ ।

त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाएको थियो । सोही क्रममा अत्यधिक वर्षा भएपछि रोकिएको थियो ।

करिब ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको थियो ।

तर, फेरि भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थाल्यो । त्यसपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।

नेपालका लागि सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका थिए । करणले विकेट लिएलगत्तैको बलपछि वर्षाले खेल रोकिएको हो ।

आइतबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

जिम्बावेविरुद्ध करणले लिए दोस्रो विकेट