NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अगम बिकरालको ‘एकान्तमा’ सार्वजनिक

काठमाडाैं । गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाँकन भएको भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् ।

गीतमा मेलिना राइले स्वर दिएकी छिन् । गीतमा नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ । भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ ।

गीतकार बिकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका उनले करिब एक दर्जन गीत रेकर्ड गराएका छन् । बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत पनि लोकप्रिय छ ।