एमसिसी सम्झौता राजपत्रमा प्रकाशित गरेकोमा भीम रावलको आपत्ति
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम रावलले एमसिसी बोर्डसँगको सम्झौता नेपाल राजपत्रमा छापिएकोप्रति आपत्ति जनाएका छन् । उनले अन्य देशसँगको विकास आयोजनासम्बन्धी सम्झौता राजपत्रमा छापिएका छ कि छैन भन्दै प्रश्न गरेका हुन् ।
‘देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? छैन’, उनले भने, ‘यहीबाटै नेपालको मामिला, कानुन र अधिकारमा हस्तक्षेपको खेल शुरू हुन्छ । अब अरू राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस् ।’
एमालेभित्र अन्य नेता सम्झौताबारे मौन रहे पनि रावलले त्यसविरुद्ध आपत्ति जनाउँदै आएका छन् ।
ताजा अपडेट
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
-
शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
-
यस वर्ष ‘लु’ बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
प्रतिक्रिया