नवविवाहित केकी श्रीमानसँग हाेइन रिमासँग गइन अमेरिका !
काठमाडौं । अभिनेत्री केकी अधिकारी अमेरिका प्रस्थान गरेकी छिन् । गत सातामात्र मात्र विवाह बन्धनमा बाँधिएकी केकी श्रीमान् लिएर हनिमुन मनाउनलाई अमेरिका गएकी भने होइनन् । उनी श्रीमान् रोहित तिवारीलाई नेपालमै छोडेर आज अमेरिका गएकी हुन् ।
केकीका साथमा नवविवाहित श्रीमान् रोहित नभएर मिल्ने साथी रिमा विश्वकर्मा अमेरिका गएकी छिन् ।
उनीहरू ‘मेरो डान्स कप युएसए’ नामक टिभी रियालिटी शोको निर्णायकको रुपमा प्रस्थान गरेका हुन् । केकी कार्यक्रमकी निर्णायक तथा रिमा होस्ट हुन् ।
आफू नगए पनि केकीलाई छोड्न श्रीमान् रोहित त्रिभुवन विमानस्थल पुगेका थिए ।
झण्डै तीन साता केकी र रिमा अमेरिकामा रहने बताइएको छ ।
विहेका तस्बिर सार्वजनिक गर्दै केकीले भनिन्, ‘आशीर्वादको अपेक्षा गरेका छौं’
ताजा अपडेट
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
-
शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
-
यस वर्ष ‘लु’ बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
प्रतिक्रिया