NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पायल्स के हो ? के होइन ? उपचार कसरी गर्ने ?

काठमाडाैँ । पायल्सलाई मेडिकल भाषामा हेमोरोइटर्स भनिन्छ । मुख्यतया पायल्स तीन चरणका हुन्छन् । पहिलो चरण भनेको पायल्सका बिरामीलाई दिसा गर्दा दिसामा रगत देखापर्ने गर्छ ।

दोस्रो चरण भनेको दिसा गर्दा दिसा सँगसँगै केही वस्तु बाहिर आएकोजस्तो अनुभव हुन्छ र बाहिर केही वस्तु निस्किन्छ पनि ।

तर, बाहिर निस्किने र दिसा गरिसकेपछि आफैँ भित्र पस्ने गर्छ । तेस्रो चरण बढी जोखिम मानिन्छ । दिसा गर्दा बाहिर निस्किएको मासु भित्र नपस्ने र बाहिरको बाहिरै रहने हुन्छ ।

– यदि दिसा नियमित सारो भएको खण्डमा दिसालाई नरम बनाउने औषधि चलाउनुपर्ने हुन्छ ।

– पहिलो अवस्थामै यसलाई कुनै मेडिकल उपचार गर्नु पर्दैन, तर सामान्य औषधिको प्रयोग मात्रै हो । सर्जिकल अवस्थामा जानुपर्दैन ।

– बाहिर रक्तनलीहरू निस्किएको हुन्छ, कतिपय अवस्थामा सामान्य उपचारमा त्यो आफैँ भित्र जाने हुन्छ । यसलाई इन्जेक्सनका माध्यमबाट सुकाउने पनि गरिन्छ ।

– यति गर्दा पनि निस्किएको मासु भित्र नपसेको खण्डमा यसको अप्रेसनको विकल्प छैन । यसका लागि एक मात्र विकल्प अप्रेसन नै हो ।

–बाहिर निस्किएको मासुलाई काटेर फाल्नुपर्ने हुन्छ, यसले संक्रमण निम्त्याई अल्सर हुँदै क्यान्सरसम्म हुन जान्छ ।

– अप्रेसन पनि फोहोर हुने स्थानमा गर्नुपर्ने भएका कारण दिसा–पिसाब गर्दैमा संक्रमण हुने गर्छ ।

– पायल्सको समस्या जाडोमा अलि बढीजस्तो देखिए पनि संक्रमणको हिसाबले हेर्दा गर्मीमा बढी हुने गर्छ । जाडोमा पानी कमी भएका कारणले केही समस्या निम्त्याउन सक्छ ।

– दिसामा कतै रगतको मात्रा देखापर्नासाथ चिकित्सकसमक्ष पुग्नैपर्छ । यदि धेरै रगत गएर रक्तअल्पता हुन जान्छ ।

ताजा अपडेट

नेपालवाच विशेष