NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जीउ दुख्नेहरूले थाहा पाउनुस्, ढाड र जोर्नी मजवुद बनाउने त्रीकोणासन

काठमाडाैँ  । योग र साधना हाम्रो स्वाथ्यको लागि महत्वपूर्ण छन् । यसले मानिसलाई हरेक रोगबाट मुक्ति दिनसक्छ । हाम्राे शरिरलाई स्वाथ्य राख्न त्रीकोणासन पनि एकदमै फलदायी योगासन हो ।

यो योगबाट हाम्रो शरिरमा हुने विभिन्न रोगहरुको समाधान हुनसक्छ । त्रीकोणासनलाई नै बटारेर गरिने भएकोले यो अभ्यासको नाम परिबृत्त त्रीकोणसन भनिएको हो । यो अभ्यास उच्च रक्तचाप भएकाहरुले नगर्दा राम्रो । पेट्को समस्या छ भने सोचबिचार गरेर मात्र गर्नुहोला वा बिशेषज्ञको सहयोगमा मात्र गर्नुपर्छ ।

परिबृत्त त्रीकोणसनका फाइदाहरु र याे गर्ने तरिकाबारे योग प्रशिक्षक दिपक नेपाल भन्छन्, सबैभन्दा पहिले योग गुन्द्रीमा आरामसँग बस्नुहोस त्यसपछि गर्न लागिएको आसनको चित्र दिमागमा विस्तारै लिएर आउनुहोस ।

आसन रोज्दा सरल किसीमको आसन रोज्नुपर्छ । योगासनको बेलामा कुनै अवरोध नहुने किसीमको योगासन छान्नु पर्छ । आसन सहि भएन भने हामीले गरिरहेको प्राणयको फल पप्त हुँदैन ।

यो चरणमा विस्तारै उठ्नुहोस र शरिरलाई त्रीकोणसनमा लिएर जानुहोस् । अबको चरणमा स्वास लिएर हातलाई बिचमा राखेर दाया बाया फैलाएर स्वास छोड्दै दाया हातलाई बाया पैतालाको साइड्मा राख्नुहोस ।

यो चरणमा बाया हत्केलालाई सिधा माथि लिएर जानुहोस र दृष्टी हत्केलामा दिनुहोस । यो आसनमा आसनमा आफ्नो क्षमता अनुसार ३० सेकेन्ड देखी १ मिनेट सम्म रहन सक्नु हुनेछ । त्यस्तै सोही प्रकृया अर्को तर्फबाट पनि गर्नुहोस ।

त्रीकोणासन योगासनका फाइदाहरु

यो योगासनले पाचन शक्तिलाई कृयाशिल बनाउँदछ ।

यो योगासनले ढाड दुखाइको समस्या हुनेहरुलाई समस्यामा लाभकारी छ ।

यो आसनले शरिरका जोर्नीहरुलाई मजबुत बनाउन मद्धत गर्छ ।