NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जसलाई राखिएको थियो बाँदरसँगै प्रदर्शनीमा

चिडियाखानामा अन्य जनावरजस्तै मानिसलाई पनि पिँजडामा थुनेर प्रदर्शनीमा राखियो । दर्शकले टिकट काटेरै उसलाई हेरे, जो विश्वकै कुनै कुनाको मानिस नै थियो । र, यो घटना पनि यही पृथ्वीमै भएको हो ।

यो कथा अफ्रिकाका ओटा बेंगाको हो, जसले सन् १९१६ मार्च २४ मा आत्महत्या गरेका थिए । उनलाई चिडियाखानामा राखेर अमानवीय व्यवहार गरिएको थियो । सन् १९०४ मा कंगोबाट अपहरण गरेर उनलाई अमेरिका ल्याइएको थियो र न्युयोर्कको ब्रोंक्स चिडियाखानामा बाँदरहरूसँगै प्रदर्शनमा राखिएको थियो ।

ओटाको जन्म सन् १८८३ मा भएको थियो । ओटा हाल कंगो गणराज्यअन्तर्गत कसाई प्रदेशमा रहने मबुती जनजातिकै पुत्र थिए । उनी शिकारी समुदायका थिए, जो जंगलको घना गर्भमा रहन्थ्यो ।

ओटा जब तन्नेरी भए, उनको दाँतलाई काटेर तिखो बनाइयो, जुन उनीहरूको समुदायमा आदिवासी परम्परा थियो । दाँत तिखारेपछि उनको विवाह भयो र केही समयपछि उनका दुई सन्तान पनि भए । आफ्नो समुदायका अधिकांश मानिसझैं ओटाकोकद पनि होचो थियो । लम्बाइ ५ फुटभन्दा कम, तौल ४५ किलोग्रामभन्दा अलि बढी ।

ओटाको जीवनमा तब बज्रपात भयो, जब बेल्जियमका राजा लियोपोल्ड द्वितीय (द बुचर अफ कंगो)ले प्राकृतिक संसाधनको दोहन गर्न कंगोमा एक कोलोनी खडा गरे । त्यसलाई आफ्नो नियन्त्रणमा राख्न ‘फोर्स बक्लिक’ नामक सेना पनि बनाए ।

सेन्ट लुइसमा भएको विश्व प्रदर्शनीमा हिउँदयाममा उनीहरूलाई प्रदर्शित गरिएको थियो, जहाँ उनीहरूलाई हेर्न टिकट काट्नुपथ्र्यो । जाडोमा लुगलुग काम्दै ती अवोध बालकहरू अरूका मनोरञ्जनका साधन बनिरहेका थिए । उनीहरूका लागि लगाउने न्यानो कपडा थिएन

विश्वभर रबरको माग बढ्यो । राजा लियोपोल्ड बजारलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्थे । उनले मानिसहरूलाई दास बनाएर रबर बगानमा काम गर्न बाध्य पारे । कंगोबासीमाथि लियोपोल्डले निकै अत्याचार गरे । उनको शासनकालमा धेरै कंगोबासी मारिए ।

बेल्जियमले कंगोमा महिलालाई त्यसबेलासम्म बन्धक बनाएर राख्थ्यो, जबसम्म उनीहरूका पतिहरू राजा लियोपोल्डका लागि प्रशस्त रबर बोकेर फर्कंदैनथे । रबरको कोटा पुरा नगरेकोमा कतिपय दासहरूको हातसमेत काटिन्थ्यो । यसक्रममा १० लाख कंगोबासी मारिए ।

राजाको यही अत्याचारकै मौसममा एक दिन ओटा बेंगा शिकार खेल्न गएका थिए । त्यतिबेला अरबबाट दास समात्न भन्दै आएका मानिसले ओटाको परिवारमाथि पनि आक्रमण गरिदिए । ओटा बेंगाबाहेक उनका परिवारका अन्य सम्पूर्ण सदस्य मारिए । ओटालाई उनीहरूले दास बनाए र फलामे साङलोमा बाँधेर जंगलबाट धेरै टाढा लगे ।

एउटा गाउँमा उनले मजदुरसरह काम गर्नुप¥यो । अमेरिकी व्यापारी स्यामुअल वर्नर सन् १९०४ को ‘वल्र्ड फेयर’ मेलाको तयारी गरिरहेका थिए । मेलाका आयोजक प्रदर्शनी मानव जातिको प्रगति दर्शाउने खालको होस् भन्ने चाहन्थे । अर्थात् ‘डार्क टाइम’देखि ज्ञानोदयसम्म, असभ्यता (जंगलीपन) देखि नागरिक संगठनसम्म । यसका लागि व्यापारी स्यामुअललाई टन्नै पैसा दिइएको थियो ताकि उनले प्रदर्शनीमा ‘बर्बरता’ झल्काउन अफ्रिकाबाट मानिसहरूको जीवित नमुना जुटाउन सकून् ।

यसै सिलसिलामा स्यामुअलले बेल्जियन अधिनस्थ कंगोबाट ओटा बेंगालाई खरिद गरे र प्रदर्शनीका लागि न्यू ओरलियान्स ल्याए । ओटासँगै आठ अन्य युवा थिए । उनीहरूलाई अनौठा प्रजातिका रूपमा प्रदर्शनमा राख्न थालियो ।

मानवमाथि मानवको कस्तो अत्याचार ? तैपनि, विचराहरू विवश थिए, दुर्लभ जनावरझैं प्रदर्शनीमा राखिएका थिए

सेन्ट लुइसमा भएको विश्व प्रदर्शनीमा हिउँदयाममा उनीहरूलाई प्रदर्शित गरिएको थियो, जहाँ उनीहरूलाई हेर्न टिकट काट्नुपथ्र्यो । जाडोमा लुगलुग काम्दै ती अवोध बालकहरू अरूका मनोरञ्जनका साधन बनिरहेका थिए । उनीहरूका लागि लगाउने न्यानो कपडा थिएन ।

मानवमाथि मानवको कस्तो अत्याचार ? तैपनि, विचराहरू विवश थिए, दुर्लभ जनावरझैं प्रदर्शनीमा राखिएका थिए । ओटा बेंगा आफ्ना अन्य अफ्रिकी साथीहरूसँग दर्शकलाई नाचेरसमेत देखाउँथे । उनको तिखो दाँत हेर्न पनि मानिसहरू पैसा खर्च गर्थे ।

‘सेन्ट लुइस वल्र्ड फेयरमा ओटा र उनका साथीहरूलाई सबैभन्दा निम्न कोटीका असभ्य मानिसहरूको दर्जामा प्रदर्शनमा राखिएको थियो भने युरोपेलीहरूलाई चाहिँ सबैभन्दा सभ्य मानिस दाबी गरिएको थियो । ओटा बेंगालाई पनि मानव विज्ञान प्रदर्शनको एक हिस्सा बनाइयो,’ पत्रकार पामेलाले भनेकी छन् ।

मेला सकिएपछि बेंगालाई अफ्रीका फर्काइयो, तर नियतिको खेलले उनलाई फेरि अमेरिका पु¥यायो । व्यापारी वार्नरले त्यसबेलासम्म आफूलाई वैज्ञानिक र खोजकर्ताको रूपमा चिनाउने कोसिस गरिरहेका थिए । उनीसँग साउथ क्यारोलिना विश्व विद्यालयको डिग्री त थियो, तर उनी वैज्ञानिक थिएनन् । तर कैयौं वैज्ञानिकले आफ्ना सिद्धान्त प्रमाणित गर्न वार्नरको उपयोग गरेका थिए ।

वार्नरले त्यसबेलाका प्रमुख पत्रिका, एटलान्टिक र हार्परका लागि लेख पनि लेखे । उनको दाबी थियो, प्रदर्शनीमा राखिएका मानिसहरू खासमा जीवित नमुना थिए, जसका बारेमा मानवशास्त्रमा पढाइ हुनेगर्छ ।

यस्तो लेख्ने तिनै वार्नरले ओटा र अन्य कंगोबासीलाई अमेरिका ल्याए । पुस्तक ‘स्पेक्टेकल, द एस्टोनिशिंग लाइफ अफ ओटा बेंगा’की लेखिका पत्रकार पामेलाका अनुसार पैसा कमाउनकै लागि उनले मानवको तस्करी गरेका थिए ।

अमेरिका ल्याएपछि ओटालाई प्रदर्शनीका लागि एक म्युजियममा राखियो । चाहेजस्तै पैसा नदिएकाले उनले म्युजियमको काम छाडेर एक चिडियाखानामा काम गर्न थालेको एकथरीको दाबी छ । तर चिडियाखानामा कर्मचारीका रूपमा नभई प्रदर्शनमा राखिने जन्तुको रूपमा व्यवहार गरिएको धेरै तथ्यहरूले पुष्टि गर्छन् ।

यस्तो लेख्ने तिनै वार्नरले ओटा र अन्य कंगोबासीलाई अमेरिका ल्याए । पुस्तक ‘स्पेक्टेकल, द एस्टोनिशिंग लाइफ अफ ओटा बेंगा’की लेखिका पत्रकार पामेलाका अनुसार पैसा कमाउनकै लागि उनले मानवको तस्करी गरेका थिए

पामेलाको पुस्तकमा उल्लेख भएअनुसार सन् १९०६ सेम्टेम्बरमा उनलाई २० दिनका लागि न्युयोर्कको ‘ब्रान्स्क जू’मा प्रदर्शनमा राखियो । त्यहाँ उनलाई हेर्न धेरै मानिसको भीड लाग्ने गथ्र्यो ।

मानिसहरू ओटालाई देखेर हाँस्थे । उनको मजाक उडाउँथे । दर्शकहरू एउटा गरिब देशको कालो वर्णको आदिवासीको उपहास गर्न आउँथे । ओटा अमेरिकीहरूका लागि एक ‘सेनसेसन’ बने ।

यद्यपि, क्रिश्चियन मन्त्रीहरूको विरोधपछि बेंगालाई रिहा गरियो र उनलाई न्युयोर्कको होवार्ड कलर्ड अनाथ एसाइलममा लगेर राखियो ।

सन् १९१० मा ओटा लिन्चबर्ग थियोलोजिकल सेमिनरी र भर्जिनियाको कलेज फर ब्ल्याक स्टुडेन्ट्समा गए । अब भने उनी अफ्रिकामा आफ्नो घर फर्किन आतुर हुन थाले । पहिलो विश्वयुद्धका कारण उनी घर फर्किन पाइरहेका थिएनन् । उनमा अवसाद घनिभूत हुँदै गयो ।

सन् १९१६, मार्च १९ को साँझ ओटा बेंगाले एउटा बन्दुक चोरे र आफैंलाई गोली हानेर आत्महत्या गरे । त्योबेला उनी भर्खर २५ वर्षका थिए ।

ओटालाई बाँदरहरूसँगै प्रदर्शनीमा राखिएको घटना जब अन्तर्राष्ट्रिय चर्चामा आयो, तब एक सय वर्षपछि न्युयोर्कको ब्रान्स्क चिडियाखानाले आफैंप्रति खेद जनाउँदै क्षमा मागेको थियो ।

सत्य ढाक्ने कोसिस

‘उनी एक जू कर्मचारी थिए,’ वाइल्डलाइफ कन्जरभेशन सोसाइटीले यसै भनेर एक शताब्दीसम्म घटनालाई लुकाउने चेस्टा गर्दै आयो । तर चिडियाखानामा फेलापरेको सन् १९०६ को एक पत्रले स्पष्ट गर्छ, ओटा बेंगा चिडियाखानाका कर्मचारी थिएनन्, बरु उनलाई जर्बजस्ती प्रदर्शनमा राखिएको थियो ।

सन् १९१६, मार्च १९ को साँझ ओटा बेंगाले एउटा बन्दुक चोरे र आफैंलाई गोली हानेर आत्महत्या गरे । त्योबेला उनी भर्खर २५ वर्षका थिए ।

सन् १९१६ मा ओटा बेंगाको निधनपछि ‘न्युयोर्क टाइम्स’मा प्रकाशित एक आर्टिकलमा भनिएको थियो, ‘चिडियाखानाको जागिरकै कारण ती भ्रामक रिपोर्टहरूले बल पाए, जसमा ओटालाई बाँदरहरूको पिँजडामा प्रदर्शनीका लागि पार्कमा राखिएको उल्लेख थियो ।’

त्यसभन्दा एक दशकअघि न्युयोर्क टाइम्सले पनि ओटाको खबर नछापेको हैन । न्युयोर्क टाइम्सले उतिबेलै यस मामिलामा एक दर्जन आर्टिकल छापेको थियो । सबैभन्दा पहिलो आर्टिकल सन् १९०६ डिसेम्बर ९ मा प्रकाशित थियो, जसको शीर्षक थियो, ‘शिकारीलाई ब्रान्स्क पार्कमा बाँदरहरूको पिँजडामा राखियो ।’

सन् १९४७ मा चिडियाखानाका क्युरेटर एमेरिट्स विलियम ब्रिजेसले दाबी गरेका थिए, ‘त्यसबेला ओटामाथि जे भएको थियो, सायद अब कहिल्यै पत्तो लाग्ने छैन ।’

विलियमले आफ्नो पुस्तक ‘द ग्यादरिङ अफ एनिमल्स’मा प्रश्न पनि गरेका छन्, ‘के ओटा बेंगालाई कुनै अनौठो, दुर्लभ जनावरझैं प्रदर्शित गरिएको थियो ?’

यो यस्तो प्रश्न थियो, जसको जवाफ जू आर्काइभ्सका अगुवाका हिसाबले विलियमसँगै थियो । उनले लेखेका छन्, ‘ओटालाई एउटा खाली पिँजडामा केही घण्टा हेर्नकै लागि राखिएको थियो भनेर पत्याउन सकिँदैन ।’

लेखक विलियमले यसरी ‘जूलोजिकल सोसाइटी’को अभिलेखमा विद्यमान प्रमाणलाई नजरअन्दाज गरिदिए । जबकि, ओटालाई बाँदरहरूसँगै राखिएको प्रदर्शनीबारे चिडियाखानाकै निर्देशकको एउटा लेख जूलोजिकल सोसाइटीको आफ्नै प्रकाशनमा छापिएको थियो ।

सन् १९९२ मा ओटालाई कंगोबाट ल्याउने व्यापारी स्यामुअल वर्नका नातिले एक पुस्तक लेखे । पुस्तकमा वर्नर र ओटा बेंगाको मित्रतालाई कथाका रूपमा चित्रण गरिएको छ । वर्नरका नातिको दाबी के पनि थियो भने दासताको विरोध गर्ने ओटालाई न्युयोर्कमा मानिसहरूको सामुन्ने प्रदर्शन गर्दा रमाइलै लागेको थियो ।

लामो समयसम्म ओटाको पूर्ण रूपमा शोषण गर्ने संस्था, वर्नर र उनको नाति पुस्तासम्मले ऐतिहासिक रेकर्डलाई कसरी तोडमरोड गर्छन् भन्ने यसबाट बुझिन्छ, जसले पूरै विश्वमा भ्रामक कथा पस्किरहे ।

अब त अनलाइनमा व्यापक प्रमाण प्रस्तुत गरिसकिएको छ, जसमा ओटालाई पिँजडामा बन्द गर्ने मानिसहरूको पोल खोलिएको छ । सन् २०१५ मा ‘स्पेक्टेकल, द एस्टोनिशिंग लाइफ अफ ओटा बेंगा’ प्रकाशित भयो । यो पुस्तक प्रकाशित भएको सात वर्ष भइसक्यो, तर चिडियाखानाका अधिकारीहरूले मिडियासँग यसबारेमा कुनै प्रतिक्रियासमेत दिइरहेका छैनन् ।

ओटालाई राखिएको ‘मंकी हाउस’का संस्थापक सदस्य म्याडिसन ग्रान्ट र हेनरी फेयरफील्डको नाम पनि प्रकाशमा आइसकेको छ । उनीहरूले नै ओटाको सार्वजनिक प्रदर्शनीमा भूमिका निर्वाह गरेका थिए ।

अचेल मानवअधिकार, रंगभेद विरोध, स्वतन्त्रता र सम्मानको दुहाइ दिने अमेरिकाको न्युयोर्कमै भएको यस्तो अमानवीय घटनाबारे वाइल्ड लाइफ कन्जरभेशन र अमेरिकाका सम्बन्धित अधिकारीहरूले सत्यतथ्य प्रकाशमा ल्याउनुपर्ने विभिन्न अधिकारकर्मीहरूको माग छ

उता, चिडियाखानाका तत्कालीन निर्देशक विलियम होनार्डेको पनि निन्दा भइरहको छ । होनार्डेले त ओटा बेंगालाई पिँजडामा हाड फालेर हेपेका थिए, ताकि उनी नरभक्षी हुन् भनेर देखाउन सकियोस् । उनले त्यसबेला खुलेयाम भनेका थिए, ‘ओटा बेंगासँग मंकी हाउसमा सबैभन्दा राम्रो कोठा छ ।’

जे होस्, एउटा मानिसमाथि जनावरको जस्तो व्यवहार गरिएको सो घटना सय वर्षपछि पनि उत्तिकै चर्चामा छ । अचेल मानवअधिकार, रंगभेद विरोध, स्वतन्त्रता र सम्मानको दुहाइ दिने अमेरिकाको न्युयोर्कमै भएको यस्तो अमानवीय घटनाबारे वाइल्ड लाइफ कन्जरभेशन र अमेरिकाका सम्बन्धित अधिकारीहरूले सत्यतथ्य प्रकाशमा ल्याउनुपर्ने विभिन्न अधिकारकर्मीहरूको माग छ ।