NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जापान र थाइल्याण्डबीच रक्षा सम्झौता

टोकियो । जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत चान ओ चासँग बैंककमा भेटेर विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषयमा छलफल गरेका थिए ।

युक्रेन र छिमेकी देशहरूलाई सहयोग, साथै म्यानमार र उत्तर कोरियाको मिसाइल र आणविक कार्यक्रमको स्थितिमा मिलेर काम गर्ने लगायातका विषय सम्झौतामा समेटिएको छ ।

‘हाम्रो रक्षा उपकरण र प्रविधि हस्तान्तरण सम्झौतामा द्विपक्षीय रक्षा सहयोग विस्तार गर्ने एक प्रमुख कदम हो’ किशिदाले संयुक्त सम्मेलनमा बताएको क्योडो समाचार एजेन्सीले उद्धृत गरेको छ ।

गत शुक्रबारदेखि अन्तरराष्ट्रिय भ्रमणमा रहेका जापानी प्रधानमन्त्रीले इन्डोनेसिया, भियतनाम र थाइल्याण्डको भ्रमण गर्नुका साथै इटाली र बेलायतको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री किशिदा यही शुक्रबार स्वदेश फर्कनेछन् ।