NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

वामदेवले लेखे नेकपा एसको चुनावी गीत (भिडियोसहित)

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)को चुनावी गीत लेखेका छन् ।

नेता गौतमले ‘जनता जगाउने कलममा छाप लगाउने’ चुनावी गीत लेखेका हुन् ।

उक्त गीत भिडियोसहित युट्युबबाट आज सार्वजनिक गरिएको छ। भिडियोमा नेता गौतमलाई पनि देख्न सकिन्छ ।

नेपाल मुस्लिम इतेहाद संगठनले बजारमा ल्याएको उक्त गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् ।

नेता गौतम एमाले विभाजनपछि औपचारिक रुपमा कतै लागेका छैनन् । तर, नेकपा एसको चुनावी गीत नै लेख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हेरौं भिडियो :

ताजा अपडेट

नेपालवाच विशेष