NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल

काठमाडौं । भिल्ला रियललाई हराउँदै लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा भिल्ला रियललाई ३–२ गोल अन्तरले हराउँदै लिभरपुल फाइनलमा प्रवेश गरेको हो ।

डियाले तेस्रो मिनेटमै गोलको खाता खोलेर भिल्लालाई अग्रता दिलाएका थिए । फ्रान्सिस कोक्विनलिनले ४२ औं मिनेटमा अर्को गोल थपेपछि भिल्लाको अग्रता २–० पुगेको थियो । पहिलो हाफमा कुनै गोल गर्न नसकेको लिभरपुलका लागि फाबिन्होले ६२ औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा फर्काए । त्यसपछि लुइस डियासले ६७ औं मिनेटमा लिभरपुलका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–२ को जित दिलाए ।

अब फाइनलमा लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडमध्ये कुनै एकसँग प्रतिस्पर्धा गर्नेछ ।