NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कांग्रेसको पहिलो चुनावी सभा विराटनगरमा, को–को पुग्दैछन् नेता ?

काठमाडौं । ३० वैशाखमा हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगर पुग्दैछन् । १२ बजेपछि विराटनगर महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न देउवा त्यसतर्फ लागेका हुन् ।

चुनावी सभामा नेता रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मासहितका नेता विराटनगर पुग्दैछन् । विराटनगरमा नै रहेका नेता डा. शेखर कोइराला पनि चुनावी सभामा सहभागी हुँदैछन् ।

विराटनगरमा नागेश कोइराला सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा कांग्रेसबाट उम्मेदवार बनेका छन् । उपमेयरमा अमरेन्द्र यादव उम्मेदवार छन् । उनी जसपा अध्यष उपेन्द्र यादवका छोरासमेत हुन् ।

विराटनगरमा कांग्रेसले मेयर र जसपाले उपमेयर लिएर चुनावी तालमेल गरेका हुन् । कांग्रेसले प्रमुख १० सहरमा गर्ने चुनावी सभाको पहिलो कार्यक्रममा विराटनगरमा देउवा पुगेका हुन् । दोस्रो कार्यक्रम वाग्मती प्रदेशको चितवनमा भोलि हुँदैछ ।

२०७४ सालमा विराटनगरमा मेयर र उपमेयर दुवै कांग्रेसले जितेकाे थियाे ।

चितवनको सभालाई पनि देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितले सम्बोधन गर्नेछन् ।