NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सामाजिक सञ्जालमा भाइरल भएका युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै नवराज रेग्मी पक्राउ परेका छन् । केही दिनदेखि सामाजिक सञ्जालमा रेग्मीको भिडियो भाइरल भएको थियो ।

उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनले आफू म्यादी प्रहरी भएको र आफ्ना नजिकका लाई जस्तो सुकै गतिविधि गर्न पनि छुट भएको भन्दै भिडियो बनाएका थिए । तर उनी म्यादी प्रहरी भने नभएकाे प्रहरीले बताएकाे छ ।

उनका अनुसार रेग्मीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाइने छ । उनलाई मंगलबार नै प्रहरी नियन्त्रणमा लिएको बताएको छ ।

प्रहरीले केही दिनअघि म्यादी प्रहरीको पोशाकमा टिकटक बनाएकी युवतीलाई पनि कारबाही गरेको थियो ।