NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जिम्बावेविरुद्ध १३७ रनको झिनो लक्ष्य पछ्याउँदै नेपाल

काठमाडौं । पाहुना टोली जिम्बावे ’ए’विरुद्ध नेपालले १३७ रनको झिनो लक्ष्य पछ्याइरहेको छ ।

यसअघि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टि–ट्वान्टीमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट बनाएर १३६ रन मात्र बनाएको थियो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिएका थिए ।

नेपालले ४ ओभरमा ४९ रन बनाएको छ ।