NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टेस्ट मान्यताप्राप्त बलियो जिम्बावेविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । टेस्ट क्रिकेट मान्यता प्राप्त बलियो टाेली जिम्बावेलाई नेपालले पराजित गरेको छ । नेपाल भ्रमणमा रहेको जिम्बावेको ए टोलीलाई नेपालले टी–२० खेलमा पराजित गरेको हो ।

१३७ रनको लक्ष्य पछ्याएको नेपालले जिम्बावेविरुद्ध १५.५ ओभरमा ८ विकेटको सानदार जित दर्ता गरेको हो ।

पहिलो खेलमा जिम्बावेले नेपाललाई हराएको थियो । दोस्रो खेल वर्षाले स्थगित भएको थियो ।  तीन टी–२० खेलमा दुवै टिमले एक एक खेल जितेपछि बराबरी भएको छ ।

नेपालको जितमा आशिफ शेखले ५४ बलमा नटआउट ८७ रन बनाए । कुशल भुर्तेलले २६ बलमा ३४ रन बनाउँदा, बासिर अहमेदले १५ बलमा १० रन बनाए ।

बलिङमा सानदार प्रदर्शन

बलिङतर्फ सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिंदा २ विकेट लिए । बासिर अहमेदल चार ओभरमा १८ रन दिंदा एक विकेट लिए ।

सोमपाल कामीले चार ओभरमा १९ रन दिएर एक विकेट लिए । करण केसीले चार ओभरमा ३७ रन दिए । जिम्बावेको लागि इनोसेन्ट कायाले १४, तादिवानासे मारुमनीले २७ र रोय कायाले ४९ रन बनाएका थिए ।