NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

दुगड स्पाइसलाई तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई रु तीन लाख जरिवाना गरेको छ ।

विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा बिक्री गरेकाले विभागले उक्त रकम जरिवाना गरेको हो । विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको छ ।

यसैबीच, राष्ट्रिय उपभोक्ता मञ्चले आज एक विज्ञप्ति जारी गरी उक्त उद्योगका उत्पादन सेञ्चुरी ब्राण्डका मसलाहरू उपभोग गर्दा होशियार रहन आम उपभोक्तामा अनुरोध गरेको छ ।