NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु

काठमाडौं । जुम्लामा सुख्खा पहिरो खस्दा दुईजना बालकको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिकामा घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट पहिरो खस्दा दुई बालकको मृत्यु भएको हो ।

जुम्लाका प्रहरीका अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खसेको थियो ।

मृत्यु हुनेमा तीन वर्षीय बालक शिशिर बोहोरा र हिमिश रावत छन् । मृतक बालक शिशिरकी आमा लक्ष्मी बोहोरा पनि घाइते भएकी छिन् ।