NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी ३ अर्जेन्टिनी खेलाडी बेच्न चाहन्छ पिएसजी

काठमाडौं । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्जेन्टिनाका तीन खेलाडी बेच्न चाहेको खुलासा भएको छ ।

एंगेल डि मारिया, लेयान्द्रो परेडेस र माउरो इकार्डीलाई आगामी सिजन क्लबमा नराख्ने संकेत पिएसजीले गरेको फ्रेन्च सञ्चारमाध्यम लेक्विपेले जनाएको छ ।

सुपरस्टार लियोनल मेसीलाई भने पिएसजीमै राख्ने बताइएको छ । मेसीसँग गरिएको सम्झौता अझै एक सिजन बाँकी छ ।

पिएसजीमा हाल प्रमुख प्रशिक्षक माउरिसियो पोचिटिनोसँगै अर्जेन्टिनाका चार खेलाडी छन् ।