अमेरिकामा मोटरसाइकल दुर्घटनामा नेपाली युवकको मृत्यु

न्यूजर्सी । अमेरिकाको न्यूजर्सीमा मोटरसाइकल दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ । दुर्घटनामा २९ वर्षका पृथ्वी लम्सालको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।
शनिबार दुर्घटनामा परेका घाइते लम्सालको कुपर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । लम्साल मासाचुसेट्सको नर्थ इस्टर्न युनिभर्सिटीबाट ग्रयाजुएट भएर कामको सिलसिलामा विगत एक डेढ वर्षदेखि भर्जिनिया बस्दै आएका थिए ।
न्युयोर्कमा साथी भेटेर भर्जिनिया फर्कने क्रममा दुर्घटना परेका थिए । उनको शव नेपाल पठाउन गो फन्ड मीमार्फत् आर्थिक संकलन गरिएको छ ।
ताजा अपडेट
-
कीर्तिपुरपछि तारकेश्वर पनि कांग्रेसले खोस्यो एमालेबाट
-
स्थानीय तह निर्वाचन परिणाम : कांग्रेस पहिलो, दोस्रोका लागि एमाले र माओवादीबीच प्रतिस्पर्धा !
-
भरतपुरमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा, बाजी कसले मार्ला ?
-
१० हजार मतनजिक बालेन, स्थापित र सिंहले कति–कति ल्याए ?
-
राप्रपाको गढ भत्काउँदै रुविभ्यालीमा माओवादी विजयी
प्रतिक्रिया