NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

निर्वाचन आयोगले फेरि सोध्यो स्थापितलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई दोस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितकाे अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ विपरीत भएकाे भन्दै स्पष्टीकरण साेधिएकाे हाे ।

आयोगको नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितले काठमाडौंका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति गरेको टिप्पणीबारे स्पष्टीकरण साेधिएकाे बताए ।

स्थापितले बालेनलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।

यसअघि पनि स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण साेधेकाे थियाे । उनले महानगरका विभिन्न स्थानमा भएका कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए ।