NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गर्मीमा छालाकाे स्याहार

काठमाडौं । गर्मी मौसम छालाका लागि उपयुक्त मानिँदैन । चर्को घाम, पसिनाका कारण छाला बिग्रने समस्या अत्याधिक हुन्छ । हामी छालालाई गर्मी माैसममा पनि उत्तिकै ताजा राख्न यी उपाय अपनाउन सक्छाैं ।

-घामको किरणले छालाको बाहिरी र भित्री भागलाई असर गर्ने भएकाले घाममा निस्कँदा छाताको प्रयोग गर्नुपर्छ  ।

-गर्मीमा सकेसम्म धेरै पानी पिउने ।

-गर्मीमा बाहिर निस्कदा शरीर पूरै ढाक्ने लुगा लगाउनुपर्छ ।

-छाला सधैं सफा राख्ने र पुरै शरिरलाई क्लिनजरले सफा गर्ने ।

-राम्रो मोस्चराईजरको प्रयोग गर्ने, यसले छाला सुख्खा हुनबाट बचाउँछ ।

– शरीरमा सनस्क्रिन क्रिमकाे प्रयोग गर्ने ।

-घरबाहिर आईसकेपछि गुलाब जल शरीर भरी लगाउने र बरफ पनि लगाउन सकिन्छ तर सधैं बरफको प्रयोग गर्ने बानी गर्नुहुँदैन ।

-छाला सुख्खा हुन नदिन दिनमा एक गिलास नरिवल पानी पिउन सकिन्छ ।