NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्वच्छ ऊर्जाका लागि राष्ट्र संघको कार्ययोजना

न्युयोर्क । संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा सबैका लागि स्वच्छ, किफायती ऊर्जा प्राप्त गर्न बुधबार आफ्नो ऊर्जा योजनाको सुरुवात गरेको संयुक्त राष्ट्र संघका प्रवक्ताले बताएका छन् ।

यो योजनाले गत सेप्टेम्बरमा भएको ऊर्जा सम्बन्धी उच्चस्तरीय वार्तामा गरेको बृहत् वाचा पूरा गर्न विश्व निकायका ३० संस्था र अन्तरराष्ट्रिय संस्थाहरूद्वारा सामूहिक कार्यका लागि कदमहरू तय गरिएको संयुक्त राष्ट्रसंघका प्रमुख प्रवक्ता स्टेफेन डुजारिकले उल्लेख गरेका छन् ।

त्यो प्रतिबद्धतामा ५० करोड बढी मानिसको बिजुलीमा पहुँच र १ अर्ब बढी मानिसलाई सफा खाना पकाउने प्रबन्धको समाधान, २०२५ सम्ममा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा ३ करोड रोजगारी सिर्जना गर्ने भएको दुजारिकले भनेका छन् ।

सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जा जलवायु आपतकालीन र सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जनलाई सम्बोधन गर्न महत्त्वपूर्ण छ ।

प्रवक्ताले नयाँ ऊर्जा कम्प्याक्ट एक्शन नेटवर्क पनि घोषणा गरेका छन् । यसको लक्ष्य सरकारहरूसँग उनीहरूको स्वच्छ ऊर्जा लक्ष्यहरूको लागि समर्थन खोज्ने सरकारहरूलाई मिलाउनु हो ।