NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

म्याराडोनाको ‘ह्यान्ड अफ गड’ जर्सी महङ्गो मूल्यमा लिलामी

काठमाडौं । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी बिक्री भएको छ । म्याराडोनाले १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध गोल गर्दा लगाएको जर्सी कीर्तिमानी मूल्यमा लिलामी भएको हो ।

उक्त जर्सी ७.१ पाउण्ड मिलियनमा बिक्री भएको छ । यो खेलकुद सामग्रीले पाएको अहिलेसम्मकै सबैभन्दा महङ्गो मूल्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका थिए । म्यारोडोनाले एक गोल हातले गरेका थिए । जसलाई ह्यान्ड अफ गड अर्थात भगवान्को हातले गरिएको गोलको उपनाम पाएको छ । अर्को गोल एक्लै धेरै डिफेण्डरलाई छलाएर गरेका थिए । सेन्टरबाट लगेर गरेको सो गोललाई ‘गोल अफ दि सेन्चुरी’ भनिन्छ ।

खेलपछि म्याराडोनाले इंग्ल्यान्डका मिडफिल्डर स्टिभ होजसँग जर्सी साटेका थिए । सोही जर्सी अहिले लिलामी गरिएको हो ।

म्याराडोनाको निधन सन् २०२० मा आफ्नै देश अर्जेन्टिनामा भएका थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष