NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते
च्याम्पियन्स लिग

सर्वाधिक १३ पटकको विजेता र ६ पटकको विजेताबीच फाइनल भिडन्त

काठमाडौं । च्याम्यिन्स लिग २०२१–२२ को फाइनल समीकरण पूरा भएको छ ।

गएराति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै स्पेनिस क्लब रियल म्याड्रिड फाइनलमा प्रवेश गरेको छ । समग्रमा ६–५ गोल अन्तरले हराउँदै रियल फाइनलमा पुगेको हो ।

यसअघि, मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले भिल्लारियललाई समग्रमा ५–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

रियल र लिभरपुलबीचको फाइनल खेल आगामी मे २८ मा फ्रान्सको राजधानी पेरिसमा हुनेछ ।

रियल च्याम्पियन्स लिगको सर्वाधिक विजेता हो । यसले हालसम्म १३ पटक उपाधि जितेको छ । साथै, तीनपटक फाइनलमा पराजित भएको छ ।

लिभरपुलले भने च्याम्पियन्स लिगको उपाधि ६ पटक जितेको छ । उ पनि तीनपटक नै फाइनलमा पराजित भएको छ ।

आगामी फाइनल रियलका लागि १७ औँ र लिभरपुलका लागि १० औँ हुनेछ ।

यी दुई टोलीले पछिल्लोपटक सन् २०१८ को फाइनलमा भिडन्त गरेका थिए । जसमा रियल ३–१ ले विजयी भएको थियो ।

हेरौं तथ्याङ्क :

म्यानचेस्टर सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको फाइनलमा