NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आइपिएल : दिल्लीसँग हैदरावाद स्तब्ध

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

गएराति मुम्बईमा सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई २१ रनले हराउँदै दिल्लीले जित निकालेको हो ।

दिल्लीले २ सय ८ रनको लक्ष्य दिएकोमा हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन मात्र जोड्न सक्यो ।

हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय योगदान दिए भने एडिनले ४२ र राहुल त्रिपाठीले २२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिएका थिए ।

दिल्लीका लागि डेभिड वार्नरले अविजित रहँदै ९२ रनको अर्धशतकीय इनिङ खेले । त्यसैगरी, रोभम्यान पावेलले ६७ र ऋषव पन्तले २६ रनको योगदान दिए ।
हैदरावादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १–१ विकेट लिए ।

योसँगै दिल्ली १० अंक जोडेर पाँचौं स्थानमा उक्लिन सफल भएको छ । हैदरावाद छैटौं स्थानमा छ ।