NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

एकदिवसीयमा नेपाल र जिम्बावे ‘ए’ आज भिड्दै

नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बावे ‘ए’ बीच आज प्रतिस्पर्धा हुने भएको छ । ५० ओभरको खेलमा दुई समूहबीच प्रतिस्पर्धा हुन लागेको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलिरहेको छ ।

खेल अहिले बिहान साढे ९ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ । तर मौसमले साथ नदिने खतरा बढेको छ । काठमाडौंमा शुक्रबार बिहानदेखि भएको वर्षा अहिले रोकिए पनि फेरि हुनसक्ने अनुमान गरिएको छ ।

जिम्बावेलाई हराउँदै एकदिवसीय सिरिजमा सुखद् सुरुवात गर्ने नेपालको दाउ छ । तर यो त्यति सहज भने छैन ।

यसअघि तीन खेलको टी–ट्वान्टी सिरिजमा दुवैले १–१ को बराबरी खेलेका थिए ।