NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पुटिनले मागे माफी

काठमाडौं (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीको एउटा अभिव्यक्तिका लागि माफी मागेका छन् ।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोफले एउटा अन्तर्वार्तामा नाजी नेता हिटलरको पनि यहुदी रगत रहेको अभिव्यक्ति दिएका थिए । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की यहुदी हुँदाहुँदै पनि युक्रेनलाई नाजी राष्ट्रका रूपमा चित्रण गरेको औचित्य पुष्टि गर्ने प्रयासस्वरूप उनले उक्त टिप्पणी गरेका थिए । तर यसको चौतर्फी आलोचना भएपछि पुटिनले माफी मागेको समाचारहरूमा जनाइएको छ ।

बिबिसीका अनुसार, पुटिनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँग फोन गरेर माफी मागेका छन् ।

बेनेटको कार्यालयसँगै रुसले पनि टेलिफोनबारे विज्ञप्ति जारी गरेका छन् । बेनेटको कार्यालयले पुटिनले माफी मागेको उल्लेख भए पनि रुसद्वारा जारी विवरणमा केही बताइएको छैन ।

इजरायलले यहुदीहरूको आमनरसंहार अर्थात् होलोकस्ट भनिने घटनाको स्मरण दिवस मनाएको भोलिपल्ट यस्तो टिप्पणी आएको थियो । यो दिनलाई गम्भीर दिनमध्ये एक मानिन्छ ।