NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दुई हप्तादेखि महिला बेपत्ता

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कि चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् ।

परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएको र हालसम्म सम्पर्कमा नआएको परिवारका सदस्यले बताएका छन् ।

श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन,” उनले भने ।

श्रीमतीको खोजी गर्न प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएको सागरले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष