NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जिम्बावे ‘ए’विरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ टिम विरुद्धको एकदिवसीय खेलमा सुरुमा ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा हुन लागेको खेलमा टस हारेको नेपालले जिम्बावेले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न लागेको हो ।

जिम्बावेलाई हराउँदै एकदिवसीय सिरिजमा सुखद् सुरुवात गर्ने नेपालको दाउ छ । तर यो त्यति सहज भने छैन ।

यसअघि तीन खेलको टी–ट्वान्टी सिरिजमा दुवैले १–१ को बराबरी खेलेका थिए ।

एकदिवसीय खेलका लागि नेपाली टिममा आज केही परिवर्तन गरिएको छ । कप्तान सन्दीप लामिछाने र स्पिनिरद्वय सुशन भारी र सागर ढकाल पहिलो रोजाइमा परेका छन् । फास्ट बलरमा सोमपाल कामी, करण केसी र अलराउण्डरमा आदिल अन्सारीलाई मैदानमा उतारिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष