NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जिम्बावेविरुद्ध एकदिवसीयमा नेपालको कमजोर सुरुवात

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ए टिमविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले कमजोर सुरुवात गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको जिम्बावेले नेपालविरुद्ध राम्रो सुरुवात गरेको हो ।

२२ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ५६ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । आधा खेल सकिंदा २५ओभरमा नेपालले एक सय रन कटाउँदा सात विकेट गुमाइसकेकाे छ ।

नेपाललका लागि कुशल भुर्तेलले १९, आशिफ शेख, आरिफ शेखले ५/५, दीपेन्द्रसिंह रोहित पौडेलले ३, मोहम्मद अदिम आलमले २ र सुसन भारीले कुनै रन बनाउन सकेनन् ।

अहिले सोमपाल कामीले २७ र करण केसी ५ रन बनाएर खेलिरहेका छन् ।

टी २० सिरिजमा भने नेपालले जिम्बावेसँग एकएककाे बराबरी गरेकाे थियाे ।