NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अंग्रेजी बोल्दैनन् यी फुटबल खेलाडी

काठमाडाैं । अंग्रेजी विश्व भाषाको रुपमा विकसित भएको छ । विश्वका प्रत्येक कुनामा मानिसले पनि आफ्नो मातृभाषाबाहेक अंग्रेजी जान्नु अनिवार्य आवश्यकता जस्तै बनेको अवस्थामा विश्वमा चर्चित भएका यही पुस्ताका केही फुटबल खेलाडीले भने अंग्रेजी बोल्दैनन् । फुटबल अन्तर्वार्ता, पुरस्कार समारोह र अधिकारीसँग पिचमा कुराकानी गर्दा प्रयोग हुने भाषा हो । यसका बावजुद पनि ती खेलाडीहरू आफ्नै मातृभाषा बोल्न रुचाउँछन् ।

अन्तराष्ट्रिय खेलाडी भएका कारण विश्वका विभिन्न देशमा खेल खेल्न पुग्नु पर्छ । यस्तो अवस्थामा खेलाडीलाई आफ्नो देशको भाषा मात्र जानेको अवस्थामा कहिलेकाँही समस्या पनि पर्न सक्छ । तर यहाँ विश्वचर्चित केही खेलाडी छन्, जसले अंग्रेजीलाई आफ्नो आवश्यकता नै सम्झेनन् ।

लियोनल मेसी

लियोनेल मेसी हालको पुस्ताका उत्कृष्ट फुटबलर मध्ये एक हुन्, उनी अंग्रेजी नबोल्ने खेलाडीका रुपमा पनि परिचित छन् । हामी प्रायः मेसीको अन्तर्वार्तामा उनले आफ्नो मातृभाषा मात्रै बोलेको पाइन्छ । उनले अंग्रेजीका केही शब्दहरु बोलेका थोरै भिडियो मात्र पाइन्छ । प्रायः दक्षिण अमेरिकी पृष्ठभूमिका खेलाडीहरूका लागि अंग्रेजी नबोल्नु सामान्य हो, किनकि उनीहरु पूर्ण रूपमा स्पेनिस सिक्दै हुर्केका हुन्छन् ।

सर्जियो अगुएरो

मेसीको राष्ट्रिय टोलीसँगै क्लबका पनि साथी रहेका सर्जियो अगुएरो अर्का प्रतिभाशाली फुटबलर हुन्, उनले पनि राम्रो अंग्रेजी बोल्दैनन् । उनी पहिलोपटक सन् २०१२ मा म्यानचेस्टर सिटीमार्फत् प्रिमियर लिगमा आएका थिए, उनले त्यतिबेला अंग्रेजीमा केही शब्द मात्र बोल्न सकेका थिए । उनले पहिलो अन्तर्वार्तामा स्पेनिश र अंग्रेजीका केही आधारभूत शब्दको मिश्रण गरेर बोलेका थिए । आजभोली उनी त्यससमयको भन्दा केही राम्रो अंग्रेजी बोल्न थालेका छन् ।

एंगेल डि मारिया

अर्जेन्टिनाका व्यवसायिक फुटबल खेलाडी एंगेल डि मारिया सन् २०१४ मा रियल म्याड्रिडबाट म्यान्चेस्टर युनाइटेड जाँदा निकै चर्चामा आएका थिए । अहिले उनी पेरिस सेन्ट जर्मन क्लबबाट खेल्दैछन् । उनले पिएसजी पुगेपछि धेरै संघर्ष गर्नुपर्यो । मारियाको घरमा चोरी हुनु, खेलमा संघर्ष गर्न पर्नु र अंग्रेजी बोल्न नजान्नु उनका लागि समस्या बन्न पुग्यो ।

एकपटक उनले क्युपिआरविरुद्ध ४ शुन्यको जितपछि एक अन्तर्वार्तामा डि मारियाले आफूले गरेको फ्रि किक गोल बारे बोल्न उनलाई टिमका खेलाडी साथी जुआन माटाको भर पर्नुपरेको थियो । रिपोर्टरले गरेका प्रश्नहरु माटाले अंग्रेजीबाट स्पेनिसमा अनुवाद गरेपछि मात्रै उनले जवाफ दिन सकेका थिए ।

नेइमार जुनियर

विश्वका उत्कृष्ट पाँच खेलाडीमध्ये ब्राजिलका नेइमार जुनियर पनि अंग्रेजी बोल्न नजान्ने खेलाडी हुन् । नेइमारका अन्तर्वार्ताका भिडियोमा हामीले उनले थोरै अंग्रेजी शब्दहरु बोलेको मात्रै देख्न सक्छौं । नेइमार ब्राजिलियन, पोर्चुगिज र स्पेनिस भाषामा धाराप्रवाह बोल्छन् । तर उनी अंग्रेजीमा भने पूर्ण छैनन् ।

यीबाहेक, एन्टोनियो भ्यालेन्सिया, डिएगो कोस्टा, कार्लोस टेभेजलगायतका अन्य केही खेलाडी पनि अंग्रेजी भाषामा बोल्दैनन् । अंग्रेजी भाषामा पूर्ण नभए पनि यी खेलाडीहरू विश्वभर लाेकप्रिय छन् ।