NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राजेश हमालको ‘अमिताभ बच्चन लुक्स’ (८ तस्बिरसहित)

काठमाडौं । चर्चित अभिनेता राजेश हमाल तीन दशकभन्दा लामो सिने यात्राका क्रममा प्रायः व्यक्तिगत जीवनमा उस्तै ‘लुक्स’मा देखिए ।

कतिपयबाट ‘महानायक’को उपमासमेत पाएका हमालको लामो कपाल र ‘क्लिन सेभ’ स्थापित लुक्स हो ।

तर, उनै हमाल अहिले नयाँ केही नयाँ लुक्समा सार्वजनिक ठाउँमा देखिन थालेका छन् । जहाँ उनी सेतै फुलेको दाह्रीसहित प्रस्तुत भएका छन् ।

यही नयाँ लुक्स लिएर हमाल विवाह समारोहदेखि मार्ट उद्घाटनसम्म पुगेका छन् ।

अभिनेता हमालले यो लुक्स परिवर्तन गरेको यही वैशाख ११ गतेदेखि हो भन्ने उनको सामाजिक सञ्जाल हेर्दा पुष्टि हुन्छ ।

दाह्री पालेको नयाँ लुक्ससहितका तस्बिर सामाजिक सञ्जालमा राख्दै हमालले लेखेका छन्, ‘सयमसँग चलौं !’

पछिल्लो समय हलिउड, बलिउड, दक्षिण भारतीयदेखि कलिउडसम्मका अभिनेताले दाह्री–जुंगा पालेको पाइन्छ । यसैलाई पछ्याउँदै धेरै युवक अहिले फेसनको रुपमा दाह्री–जुंगा पाल्ने गर्छन् आफूले पनि यसै पदचाप पछ्याएको हमालले संकेत गरेका छन् ।

अभिनेता हमालले दाह्री–जुंगा पालेकोप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । अधिकांशले हमाललाई बलिउड सुपरस्टार अमिताभ बच्चनजस्तै देखिएको बताएका छन् ।

दाह्री–जुंगा पालेको हमालको तस्बिरमा अनुप भुसालले लेखेका छन्, ‘राजेश दाजु ६५ वर्षको अमिताभ बच्चनजस्तै देखिनुभएको छ ।’

भुसालको कुरामा सीताराम कोइरालाले पनि समर्थन जनाएका छन् । उनी लेख्छन्, ‘अमिताभ बच्चन ठ्याक्कै । होइन महानायकहरू सबै उस्तै–उस्तै देखिन्छन् कि के हो ?’

सम्जना क्षेत्रीले पनि उस्तै प्रतिक्रिया दिएकी छिन् । उनी लेख्छिन् ‘दाह्रीमा सेम अमिताभ बच्चन झैं !’