NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा नलिने

मिन्स्क । बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन् ।

लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस(युक्रेन सैन्य द्वन्द्वको अन्त्यका लागि बारम्बार आह्वान गरेको पनि बताए ।

‘हामी स्पष्ट रूपमा कुनै पनि युद्ध स्वीकार गर्दैनौं । हामीले युद्ध नहोस् भनेर अहिले सबै गरिरहेका छौं, लुकाशेन्कोले एपीलाई भने । उनले आफ्नो देशले युक्रेन र रुसबीच वार्ता अघि बढाएको पनि स्मरण गराए । युक्रेनले आफ्नो भूमिमा शत्रुता भइरहेको भए पनि वार्तामा चासो नदेखाउनुको कारण वाशिङटनको नीति रहेको उनले बताए ।

बुधवारदेखि बेलारुसको सशस्त्र बलको अचानक जाँचको उल्लेख गर्दै लुकाशेन्कोले बेलारुसको सीमामा रहेको बाल्टिक राज्य र पोल्याण्डमा नाटो अभ्यासको जवाफमा बेलारुसमा लडाइ तयारी जाँच गरिएको बताए ।

बेलारुससँगको सिमानामा तैनाथ नेटो सेनाको संख्या केही वर्ष पहिले करिब ३ हजार थियो तर अहिले ३२ हजार पुगेको लुकासेन्कोले बताएका छन् ।