NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेस नेता आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले विस्फोटक पदार्थ र बम प्रयोग गरी ज्यान मारेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

पूर्वमन्त्रीसमेत रहेका आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।

शुक्रबार आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ ।

यसअघि जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि आलमलाई थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरको थियो ।

सोविरुद्ध आलमले सर्वोच्चमा ०७७ मा फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

०६४ को संविधानसभाको निर्वाचनका बेला रौतहटबाट उठेका आलमले चुनाव जित्न बम आतंक फैलाउन खोजेका थिए । बम बनाउने क्रममा विस्फोट भएको थियो । चैत २७ गते भएको उक्त घटानाका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

यो घटना १२ वर्षपछि बाहिरिएको थियो । त्यसपछि उनी सांसद पदबाट निलम्बित भएका छन् । अहिले उनी थुनामा छन् ।