NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काठमाडौंको फोहोर देखेर लाज लाग्यो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोर देखेर आफूलाई लाज लागेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस विषयमा सम्बन्धित निकायलाई बोलाएर फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको बताए ।

‘काठमाडौंको फोहोर देखेर मलाई लाज लागेको छ । फोहोर व्यवस्थापन गर्न सबन्धित निकायलाई बोलाएर मैले निर्देशन दिएको छु’, प्रधानमन्त्रीले भने ।

सभामा प्रधानमन्त्री देउवाले राम्रा काम गर्नेलाई पुरस्कार दिनुपर्नेमा झनै खेदो खनेको भन्दै आक्रोस पोखे ।

‘काठमाडौंका समस्या समाधान गर्न सिर्जनाजी (मेयरकी उम्मेदवार सिर्जना सिंह)ले कति राम्रो योजना ल्याउनुभएको छ । भरतपुरमा रेनु (प्रचण्डपुत्री रेनु दाहाल)ले राम्रा काम गरेर देखाएकी छिन्’, प्रधानमन्त्री देउवाले भने, ‘यी दुवै उम्मेदवारलाई अत्याधिक मत दिएर जिताउन म सबैमा आग्रह गर्छु ।’

प्रधानमन्त्री देउवाले नेता प्रकाशमान सिंहतर्फ हेर्दै गठबन्धनतर्फबाट काठमाडौंको उम्मेदवार बनेकी सिर्जना योग्य र क्षमातावान भए पनि श्रीमती भएकै कारण बोल्न डराएको आरोप लगाए ।