NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भरतपुर र काठमाडौंका मेयर उम्मेदवारबारे देउवाको नयाँ खुलासा

काठमाडौं । भरतपुरको मेयरको उम्मेदवारबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ खुलासा गरेका छन् । सत्ता गठबन्धनले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भरतपुरमा रेनु दाहाल आफ्नो जोडबलमा उम्मेदवार बनेको दाबी गरेका हुन् ।

‘भरतपुरमा रेनु दाहाललाई उम्मेदवार बनाउनबाट प्रचण्डजी पछाडि हट्न तयार हुनुभएको थियो । हामीले छोरी नउठाउनुस् भनेको भए पनि मान्नुहुन्थ्यो । तर भरतपुरमा यति राम्रो काम गरेकी रेनुलाई उम्मेदवार बनाउनुपर्छ भनेर मैंले नै भनेको हुँ’ देउवाले चुनावी सभामा भने, ‘राम्रो गरेकालाई छोरी भनेर रोक्न मिल्दैन । यसमा छोरीको रुपमा रेनुको कुनै गल्ती छैन ।’

काठमाडौंको हकमा पनि त्यस्तै भएको देउवाले बताए । नेता प्रकाशमान सिंह सिर्जना सिंहलाई उम्मेदवार बनाउनबाट डराएकोसमेत देउवाले बताए । श्रीमतीलाई उम्मेदवार बनाएको भनेर सिंहको हार हुने हो कि भन्ने डर देखिएको भन्दै देउवाले यस्तो डर नमानी जिताउने अभियानमा लाग्न आग्रह गरेका हुन् ।

आफ्नै कर्म र सक्रियताले राजनीतिमा लाग्नेलाई परिवारको भनेर खेद्न जरुरी नभएको देउवाको भनाई थियो ।

दुई महानगरपालिकामा सत्ता गठबन्धनले महिलालाई मेयरको रुपमा उठाइएको भन्दै जिताउन देउवाले आग्रह गरे । महिला उम्मेदवारलाई हराए गलत सन्देश जाने भन्दै देउवाले जिताउन अपिल गरे ।

यो गठबन्धनलाई लामो समय लिएर जान तयार भएकोले नै दलहरू मिलेर निर्वाचनमा अघि बढेको पनि देउवाले प्रष्ट्याए ।

काठमाडौंको फोहोर देखेर लाज लाग्यो : प्रधानमन्त्री देउवा

ताजा अपडेट

नेपालवाच विशेष