NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हेर्नुहोस् काठमाडौंबाट प्रकाशित शनिबारका अखबारहरू

काठमाडौं । मुलुक निर्वाचनमय बनिरहेका बेला अखबारहरू पनि यसबाट अछूतो छैनन्, सबैजसो अखबारले यही विषयलाई प्राथमिकता दिएर सामग्री छापेका छन् ।

अखबारहरूले विभिन्न स्थानीय तहको प्रतिस्पर्धाको विश्लेषणदेखि दलहरूको नियतबारे कटाक्ष गरेका छन् ।

कान्तिपुरले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले मतदाता प्रभावित पार्न चितवन र डडेल्धुरामा दिएको अभिव्यक्तिमाथि मुख्य समाचार बनाएको छ। भूमिहीन मधेसी दलितमाथि राजनीतिक दलले गरेको बेइमानीबारेको अर्को सामग्री पनि कान्तिपुरमा पढ्न सकिन्छ ।

नयाँ पत्रिकाले पोखरा महानगरपालिकाको प्रतिस्पर्धाबारेको सामग्रीलाई मुख्य समाचारको रूप दिएर छापेको छ ।