NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

भवनमा आगलागी हुँदा ७ जना जिउँदै जलेर मृत्यु

काठमाडौं । मध्यप्रदेशको इन्दोरमा रहेको दुई तले भवनमा शुक्रबार राति आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र एक पुरुष रहेका छन् । मृत्यु भएका मध्ये केही जिउँदै जलेका थिए भने केही निस्सासिएका थिए ।

बाक्लो जनसंख्या भएको क्षेत्रको बीचमा रहेको यो भवनको पार्किङस्थलमा पनि आगलागी भएको स्थानीयको भनाइ छ । मानिसहरुले भाग्ने ठाउँ नभेटेपछि झ्यालबाट हाम फालेका कतिपय घाइते भएर अस्पताल भर्ना भएका छन् ।

विद्युत् चुहावट भएका कारण आगलागी भएको बताइएको छ । प्रहरीका अनुसार उक्त भवनबाट उद्धार टोलीले ९ जनाको उद्धार गरेको छ । आगलागी भएको करिब डेढ घण्टापछि मात्रै दमकल पुगेको थियो ।