NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपाली बलर चम्किएपछि जिम्बावे ८७ रनमा समेटियो

काठमाडौं । नेपाली बलर चम्किएपछि पाहुना टोली जिम्बावे ’ए’ दोस्रो एकदिवसीय क्रिकेट खेलमा ८७ रनमै अलआउट भएको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे ३१.१ बलमा अलआउट हुँदै मात्र ८७ रनमा समेटिएको हो ।

जितका लागि नेपालले ८८ रनको झिनो लक्ष्य पाएको छ ।

नेपाली बलरले किफायती बलिङ गरेपछि जिम्बावे सस्तैमा समेटिएको हो ।

नेपालका सोमपाल कामी र करण केसीले ३-३ विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।

शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

नेपाल आज त्यसैको बदला लिने सुरमा छ ।

यस्तो रह्यो प्रदर्शन सारांशमा :

No photo description available.