NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जिम्बावेविरुद्ध नेपालको ९ विकेटको रवाफिलो जित

काठमाडौं । पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले ९ विकेटको रवाफिलो जित निकालेको छ ।

जिम्बावेले दिएको ८८ रनको झिनो लक्ष्य ११.१ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा ओपनर सुनिल धमलाले ३८ रन बनाए ।

यस्तै, अर्का ओपर आसिफ शेखले ३४ तथा विनोद भण्डारीले अविजित ४ रनको योगदान दिए ।

यसअघि, काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे ३१.१ बलमा अलआउट हुँदै मात्र ८७ रनमा समेटिएको थियो ।

नेपाली बलरले किफायती बलिङ गरेपछि जिम्बावे सस्तैमा समेटिएको हो ।

नेपालका सोमपाल कामी र करण केसीले ३-३ विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।

शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा टेस्ट टोलीका खेलाडीसमेत समेटिएको जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

नेपालले आज त्यसैको बदला लिएको छ ।

यस्तो रह्यो प्रदर्शन सारांशमा :

No photo description available.

नेपाली बलर चम्किएपछि जिम्बावे ८७ रनमा समेटियो