NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भुइँमान्छे हुँ, विराटनगरबासीको मायाले चुनाव जित्छु : सागर थापा [अन्तर्वार्ता]

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानका लागि शून्य समय लागु हुन अब चार दिन मात्र बाँकी छ । वैशाख ३० मा हुने निर्वाचनका लागि ७५३ वटै स्थानीय तहमा उम्मेदवारहरू मतदाताका घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

यसपटक सत्तागठबन्धन भर्सेज विपक्षी एमालेबीच नै कडा चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । ६ महानगर र ११ उपमहानगरपालिकासहित केही स्थानमा गठबन्धनले चुनावी तालेमल गरेको छ । एमालेले भरतपुर र वीरगञ्ज महानगरपालिकासहित केही स्थानमा राप्रपा र लोसपाबीच चुनावी तालमेल गरेको छ ।

त्यस्तै आर्थिक र राजनीतिक रूपले महत्वपूर्ण मानिएको प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा पनि एमालेविरुद्ध गठबन्धन दलहरूले साझा उम्मेदवार खडा गरेको छ । गत निर्वाचनमा मेयर, उपमेयरसहित बहुमत स्थानमा कांग्रेसले जितेको थियो । अहिले पाँच दलको सहयोगमा कांग्रेसले आफ्नो विरासतलाई निरन्तरता दिन चाहिरहेको छ । कांग्रेसले गठबन्धनको तर्फबाट नागेश कोइरालालाई चुनावी मैदानमा उतारेको छ ।

एमालेले कांग्रेसको विरासत तोड्दै जितको इतिहास रच्न चाहिरहेको छ । उसले महानगर कमिटीका अध्यक्ष सागर थापालाई मैदानमा उतारेको छ । केन्द्रीय नेतालाई पछाडि पार्दै मेयरको टिकट ल्याएका थापा विराटनगरका चर्चित नेताको रूपमा हेरिएको छ । उम्मेदवार थापाको चुनावी तयारी, एजेण्डा र आगामी योजनाबारे नेपालवाचका सहकर्मी गणेश पाण्डेले तयार गरेको अन्तर्वार्ताको सम्पादित अंश :

तपाईं विराटनगर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार भएर मतदाताहरू घरदैलो कार्यक्रममा सहभागी हुँदै गर्दा कस्ता प्रतिक्रिया आएका छन् ? तपाईंले इतिहास अवस्था छ ?

मैंले अहिलेसम्म १८ वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छु । आज ६ नम्बरमा मेरो घरदैलो कार्यक्रम छ । त्यसपछि सकियो । सबैको प्रतिक्रिया र मायाका कारण एमालेले जित्ने सम्भावना शतप्रतिशत देखियो । महानगरबासी विकास र समृद्धिको पक्षमा छन् । विकास र समृद्धि एमालेबाहेक अन्य कसैले गर्न सक्दैन भन्ने बुझाइ छ । त्यो निष्कर्षको साथ म भन्न सक्छु कि एमालेको पक्षमा जनलहर आएको छ । एमालेको जित सुनिश्चित छ ।

तपाईंले जित्ने आधार के–के छन् ?

मैंले जित्ने पहिलो आधार एमालेसँग बलियो संगठन छ । इतिहासमा यस्तो संगठन कहिल्यै बनेको थिएन । विराटनगरमा एमालेको संगठन नभएको कुनै पनि टोल छैन । खासगरी मधेसी समुदाय, मुस्लिम समुदाय, माडवारी समुदाय, पिछडिएको समुदाय, दलित समुदायमा पनि हाम्रो कमिटी छ । सबैको माया र प्रेरणाले सांगठनिक रूपमा सबैभन्दा बलियो पार्टी एमाले भएको छ । हामी त्यो संगठनको जगमा उभिएर चुनाव जित्छौं । आम महानगरबासीको भरोसा एमालेसँग छ । त्यो भरोसा र विश्वासलाई हामी घात हुन दिदैनौं । यस महानगरमा एमालेबाहेक अर्को शक्तिले केही गर्न सक्दैन भन्ने निष्कर्ष आम नागरिकले निकालिसकेका छन् ।

मलाई भेट्न र पहुँच राख्न सजिलो छ । आफ्ना कुरा राख्न सकिन्छ । विराटनगरको विकास र योजनाका कुराहरू यसले राम्ररी बुझेको र जानेको छ ।

विगत ५ वर्षमा ०५८ सालमा रविशंकर पौडेलले कोरेको रोडम्यापमा मात्र विराटनगर हिड्यो । नयाँ रोडम्याप केही बन्न सकेको छैन । नयाँ भिजन, मिसन लिएर हिड्न सक्ने र त्यसलाई निष्कर्षमा पुर्याउन सक्ने क्षमता एमालेसँग मात्र छ । यही निष्कर्षको आधारमा हामी चुनाव जित्छौं ।

सत्तागठबन्धनविरुद्ध तपाईं एक्लै चुनावी मैदानमा भिड्नुभएको छ, यस्तो अवस्थामा राप्रपासँग तालमेल हुन्छ कि हुँदैन ?

राप्रपाले आफ्नै उम्मेदवार खडा गर्नुभएको छ । चुनावी तालमेल हुने अवस्था अहिलेसम्म छैन । जहाँसम्म गठबन्धनको कुरा छ, अन्त के छ मलाई थाहा छैन तर विराटनगरको हकमा दलीय गठबन्धनका कार्यकर्ता र जनताले अस्वीकार गरेका छन् । जसपाको नेता मेयरमा उठ्नुभएको छ । माओवादीका नेता पनि मेयरमा उठ्नुभएको छ । कांग्रेसभित्र ठूलो विद्रोह छ । गठबन्धन दलका उम्मेदवार २३ जना हुनुहुन्छ तर वास्तविक जनताको उम्मेदवार सागर थापा देखिन्छ ।

तपाईंले सर्वे गरेर हेर्नोस्, मलाई कांग्रेस, माओवादीलगायत सबै खाले मानिसहरूको समर्थन छ । आम मतदाता र फरक–फरक पार्टीभित्रका कार्यकर्ताको चाहना पनि सागर थापालाई जिताउनु पर्छ भनिरहेका छन् । म सामान्य भुईंमान्छे हो । मलाई भेट्न र पहुँच राख्न सजिलो छ । आफ्ना कुरा राख्न सकिन्छ । विराटनगरको विकास र योजनाका कुराहरू यसले राम्ररी बुझेको र जानेको छ । कुनै पनि समस्याको हल गर्ने तरिका यसलाई थाहा छ भन्ने जनविश्वासको आधारमा मैले चुनाव लडेको हो । दलीय गठबन्धन छिन्नभिन्न भइसकेको छ । आजको दिनमा सागर थापा विराटनगरको साझा उम्मेदवार हो ।

विराटनगरलाई कांग्रेस र कोइरालाहरूको प्रभुत्व रहेका महानगरको रूपमा लिइन्छ । त्यहाँ पहिल्यैदेखि नै एउटै किसिमको मेकानिजममा कर्मचारीतन्त्र रहेको पाइन्छ, यस्तो संयन्त्रमा तपाईंले कसरी काम सक्नुहुन्छ ?

पुराना मेकानिजम सबैलाई फाल्न सक्दैनौं । त्यो मेकानिजममा परिवर्तन भने अवश्य आउनेछ । सागर थापा मेयर भएर आउँदै छ भन्ने कुरा अब धेरै कर्मचारीहरूले बुझिसक्नुभएको छ । उनीहरूले कसरी चल्नुपर्छ भन्ने कुरा बुझिसक्नुभएको छ । म त्यहाँका सबै कर्मचारी साथीहरूलाई नजिकबाट चिन्छु । त्यसैले त्यहाँको प्रशासन चुस्तदुरूस्त कसरी राख्ने भन्नेबारे मलाई राम्ररी थाहा छ । त्यसैले कर्मचारी साथीहरू हाइ अलर्टमा छन् ।

तपाईंले जितेर आएको खण्डमा अबको पाँच वर्षमा विराटनगरलाई हामीले कस्तो महानगरकोरूपमा देख्न सक्छौं ?

विराटनगरलाई डिजिटन बेसमा लैजाने मेरो सोच छ । अबको पाँच वर्षमा प्रादेशिक राजधानीलाई स्थायी बनाउँछौं । संरचना निर्माण गर्न चाहिने जग्गा हामीले उपलब्ध गराइदिन्छौं । स्थायी संरचना बनाएपछि यहाँ थप विकास हुन्छ । विराटनगर अझैपनि डुबानको सहरको रुपमा हेरिन्छ । हामी डुबानमुक्त शहर घोषणा गर्न चाहन्छौं । खेलकुद मैदान छैन । खेलकुद मैदान बनाएर टे«निङ सेन्टरको रुपमा विकास गर्छौ । ण्खेलाडी उत्पादन गर्न केन्द्रित रहन्छौं । सिहिंयालाई करिडोरको रुपमा विकास गर्नेछौं । यसलाई ग्रिनरी बेल्टकारूमा विकास गर्नेछौं । डुवानलाई पनि त्यसले सहज बनाउने छ । महानगरभित्र नहरलाई बाइपासको रुपमा विकास गर्दै सडकहरूलाई कालोपत्रे बनाउँछौं । गरिबीको रेखामुनी रहेका जनतालाई शिक्षाको पहुँचमा पुर्याउँछौं । महानगरका सबै विद्यालयलाई गुणस्तरीय शिक्षा दिनेछौं ।

योसँग पैसा छैन । यो भुँईमान्छे हो भन्ने कुरा उनीहरूले बुझिसकेका छन् । म आर्थिक रुपमा सम्पन्न नभएपनि जनसम्पर्कको हिसाबले सबैभन्दा धनी व्यक्ति हुँ । आम महानगरबासीको सम्पर्क मसँग छ । सबैको अपार माया र विश्वास ममाथि छ ।

विपन्न वर्गलाई स्वास्थ्यको पहुँचको रुपमा विस्तार गर्नेछौं । बिमाको कार्यक्रमलाई पूर्णरुपमा लागु गर्नेछौं । विपन्न वर्गलाई निशुल्क स्वास्थ्यको व्यवस्था गर्नेछौं । औद्योगिक क्षेत्रका रुग्ण उद्योगलाई पुनः चलाउन सक्ने वातावरण बनाउने छौं । नयाँ उद्योगीलाई बजारमा ल्याउने वातावरण महानगरले गर्नेछ । त्यस्तै लघु उद्योग स्थापना गरी युवाहरूलाई स्वरोजगारमा जोड्ने छौं । भौतिक पूर्वाधारका धेरै संरचना बनाइ महानगरबासीलाई विकासको मूलधारमा समेट्ने छौं । अबको ५ वर्ष नयाँ महानगर बनाउने लक्ष्यका साथ हामी अघि बढ्ने छौं ।

अहिलेको निर्वाचन प्रणालीअनुसार महानगरको मेयरको उम्मेदवार बन्न त्यति सजिलो छैन । तपाईंले चुनाव लड्ने खर्चको व्यवस्था कसरी गर्नुभएको छ ? आम्दानीको स्रोत के–के हुन् ? अहिलेसम्म कति खर्च गर्नुभएको छ ?

म सामान्य भुईं मान्छे हुँ । अहिले हरेक वडामा मलाई माया गर्ने साथीहरूले आवश्यक पर्ने चिजहरू व्यवस्था गर्नुभएको छ । कति खर्च भयो ? के–के मा खर्च भयो मलाई थाहा हुँदैन । तर आजको मितिसम्म मेरो एक रुपयाँ पनि खर्च भएको छैन । सागर थापा को हो भन्ने कुरा महानगरबासी सबैलाई थाहा छ । योसँग पैसा छैन । यो भुँईमान्छे हो भन्ने कुरा उनीहरूले बुझिसकेका छन् । म आर्थिक रुपमा सम्पन्न नभएपनि जनसम्पर्कको हिसाबले सबैभन्दा धनी व्यक्ति हुँ । आम महानगरबासीको सम्पर्क मसँग छ । सबैको अपार माया र विश्वास ममाथि छ । धनसम्पत्तिभन्दा पनि करोडौं जनताको मनहरूले मेरो पक्षमा वकालत गर्नुभएको छ । एकातिर जमिन्दार उम्मेदवार, अर्कोतिर मनकारी उम्मेदवार रहेको कुरा महानगरबासीलाई थाहा छ । मैले हार्नु भनेको करोडौं मानिसको मन रुनु हो भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छ ।

विराटनगरमा मेयरसहित बहुमत स्थान एमालेले जित्छ : लालबाबु पण्डित

ताजा अपडेट

नेपालवाच विशेष