NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

लखनउसँग कोलकता फराकिलो अन्तरले पराजित

काठमाडौं। लखनउ सुपर जाइन्टसँग कोलकोता नाइट राइडर्स पराजित भएको छ । गएराति भएको खेलमा कोलकता ७५ रनको फराकिलो अन्तरले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको लखनउले कोलकतालाई १७७ रनको लक्ष्य दिएको थियो । उसले १४ दशमलव ३ ओभरमा १०१ रन मात्र बनाउन सक्यो ।

कोलकोताका लागि आन्द्रे रसेलले ४५, सुनिल नारानले २२ र एरोन फिन्चले १४ रनको योगदान दिए ।

यसअघि टस हारेर ब्याटिङ रोजेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनायो । लखनउका लागि क्वेंटन डिककले ५०, दीपक हड्डाले ४१, मार्कस स्टोइनिसले २८, क्रुनाल पाण्डेयले २५, आयुष बदानीले १५ र जासन होल्डरले १३ रन जोडे ।

योसँगै लखनउ ११ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ भने गुजरात दोस्रो स्थानमा छ । कोलकोताको ८ अंकका साथ आठौं स्थानमा छ ।