NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्थानीय चुनावमा बेलायती प्रधानमन्त्रीलाई धक्का

काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा सत्तारूढ दल कन्जरभेटिभ (टोरी) पार्टीलाई ठूलो धक्का लागेको छ ।

कन्जरभेटिभ पार्टीले यसअघि जित हासिल गरेको झण्डै ५ सय सिट र ११ वटा प्रमुख काउन्सिलमा पराजय बेहोरेको छ । बिबिसीका अनुसार दक्षिण इंग्लायन्डमा लिबरल डेमोक्र्याट्स र लण्डन काउन्सिललमा लेबर विजयी भएको छ । त्यसैगरी वेस्टमिनिस्टर, वान्ड्सवर्थ र बार्नेट काउन्सिलहरूमा पनि लेबर पार्टीले जित हात पारेको छ ।
बेलायतमा १४६ काउन्सिलमा निर्वाचन भएको हो । जसमा ४ हजार ३ सय ५० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

चुनावी नतिजाले आफ्नो नेतृत्वमा थप प्रश्न उठेपछि प्रधानमन्त्री बोरिस जोन्सनले नराम्रो पराजय स्वीकार गरेका छन् । आमनिर्वाचन हुन दुई वर्ष बााकी रहँदा आएको यो नतिजाले कन्जरभेटिभको भविष्यमै चुनौती थपिएको विश्लेषण गरिँदैछ ।