NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

तीन फोटोमा हेर्नुहोस् स्थापित र बालेनको जम्काभेट

काठमाडौं । स्थानीय तहको चुनावी प्रचारप्रसार गर्न अब तीन दिन मात्रै बाँकी छ । समय अब थोरै मात्रै भएकोले उम्मेदवारहरू भोट माग्न व्यस्त छन् ।

सुविधासम्पन्न राजधानी सहर भए पनि चुनावी प्रचारप्रसारमा परम्परागत घरदैलो कार्यक्रम नै उम्मेदवाहरूको प्राथमिकतमा पर्ने गरेको छ । यसैबीच काठमाडौं महानगरपालिकाका मेयरका दुई उम्मेदवारबीच घरदैलोको क्रममा जम्काभेट भएको छ ।

काठमाडौंमा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापित र स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन शाहबीच घरदेलोकै क्रममा जम्काभेट भएको हो ।

चुनावी प्रचारप्रसारको क्रममा काठमाडौंको शान्तिनगरका एमालेका स्थापित र स्वतन्त्रका बालेनबीच जम्काभेट हुँदा घोचपेच भने भएन । यस अघि एमालेका स्थापितले बालेनप्रति आक्रामक भइ भाषण गर्दै आएका थिए । बालेन भने स्थापितप्रति शान्त रुपमा प्रस्तुत हुँदै आएका छन् ।

दुवैले एक अर्काप्रति शुभकामना व्यक्त गरे । एक अर्कालाई अंकमाल गरेर फोटो खिचाएपछि दुवै आ–आफ्नो प्रचारमा लागे ।

ताजा अपडेट

नेपालवाच विशेष