NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मुलुकलाई यथास्थितिमा राख्न कांग्रेसले षड्यन्त्र गर्‍याे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई यथास्थितिमा राख्न कांग्रेसले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

आइतबार बिहान पत्रकार सम्मेलन गरी ओलीले कांग्रेसले अनुचित पार्टीसँग साँठगाँठ एमालेलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।

‘कांग्रेसले मुलुकलाई यथास्थितिमा राख्न अनुचित पार्टीलाई बोकेर हिडेको छ । कांग्रेसले एमालेलाई कमजोर बनाउने, परिवर्तन र विकासको गतिलाई यथास्थितिमा राख्ने र आफ्नो स्वार्थ पूर्ति पूरा गर्न षड्यन्त्र गरिरहेको छ’, उनले भने, ‘एमालेको सरकार नभएसम्म देश विकास हुन सक्दैन । वैशाख ३० मा एमालेका उम्मेदवारलाई मतदान गरी जिताउन आग्रह गर्दछु ।’

एमाले नेतृत्वको सरकारले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौम सत्ता अक्षुण राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्दै उनले २७ वर्षमा कांग्रेसले मुलुकलाई अध्यारो सुरूङमा लगेको आरोप लगाए ।