NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

ओली भन्छन्– अनि आयोगले कांग्रेससँग मिलेर एमालेको चुनाव चिन्ह हरियो बनायो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगका पदाधिकारीविरुद्ध खनिएका छन् ।

स्थानीय तह निर्वाचन सम्बन्धमा आइतबार बिहान ललितपुरमा सम्मेलन गर्दै ओलीले आयोगले कांग्रेससँग परामर्श गरेर आचारसंहिता लागू गरेको आरोप लगाए । गठन्धन दलका नेताहरूले राज्यकोषको दुरूपयोग गरी खुलेयाम मतदातालाई धम्क्याउँदासमेत आयोग रमिते बनेको टिप्पणी गरे ।

‘मसहितको उपस्थितिमा आचारसंहिता बनाउने सहमति भएको थियो तर आयोगले कांग्रेससँगको परामर्शमा हाम्रो विचार सुनेन । कांग्रेसको पछि लागेर सूर्य चिन्हसमेत हरियो बनायो’, ओलीले आक्रोसित हुँदै भने, ‘आयोगको गतिविधि मुद्दा हाल्ने प्रवृत्तिको छ । यसपटकलाई हामीले छोडिदियौं । प्रधानमन्त्रीलगायत सत्तागठबन्धनका शीर्ष नेताहरूले छोरी–श्रीमतीका लागि धम्कीपूर्ण भाषा प्रयोग गर्दा आयोगले उनीहरूलाई कारवाही गरेन । योभन्दा लज्जास्पद कुरा अरु के हुन्छ ?’

ओलीले स्वतन्त्रपूर्वक मताधिकार प्रयोग गर्न पाउने आममतदातामाथि धम्कीकाे भाषा प्रयोग नगर्न चेतावनी दिए ।

मुलुकलाई यथास्थितिमा राख्न कांग्रेसले षड्यन्त्र गर्‍याे : ओली