NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सरकारले भन्यो : निर्वाचनको दिन मतदान केन्द्रमा खोप लगाइँदैन

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनका दिन मतदान केन्द्रमा खोप अभियान सञ्चालन नहुने जनाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

निर्वाचन सम्पन्न गर्न मतदान स्थलमा स्वास्थ्यकर्मीको परिचालन तथा स्थानीय स्वास्थ्यकर्मीले पनि मताधिकार प्रयोग गनुपर्ने भएकाले उक्त दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ ।

साथै, मन्त्रालयले निर्वाचनअघि र पछि खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने सुसूचित गर्दै सबै नागरिकलाई छिटो कोभिड–१९ विरुद्धको खोप लगाउनसमेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

No description available.