NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अवैध लागूऔषध सहित एक जना पक्राउ

काठमाडौं । सिन्धुली कमलामाई नगरपालिका–९ भिमानस्थित सार्वजनिक शौचालय नजिकबाट प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २९ वर्षीय प्रदिप माझी रहेका छन् । प्रहरीका अनुसार उनलाई करिब तीन ग्राम २३ मिलिग्राम लागूऔषध र २० हजार रुपैयाँसहित शनिबार दिउँसो पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।