NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महालक्ष्मी लाइफ इन्स्यारेन्सले ९० करोड रुपैयाँ आइपिओ जारी गर्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले ९० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । आइतबार सम्पन्न महालक्ष्मीको विशेष साधारणसभाले ९० करोड रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको हो ।

यसअघि ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने कम्पनीले तयारी गरेको थियो । आइपिओ जारी गरी नसक्दै बीमा समितिले पुँजीवृद्धिको योजना ल्याएपछि जारी गर्ने रकम बढाएको हो ।