NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

भारतबाट ल्याइएका गोलकिपरले पनि छोडे राष्ट्रिय टोलीको प्रशिक्षण

काठमाडौं । भारतीय सेनाबाट बोलाइएका गोलकिपर भविन्द्र मल्ल ठकुरीले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण छोडेका छन् । नेपाली फुटबलको विवादमा नफस्ने भन्दै उनले बन्द प्रशिक्षण छोडेका हुन् ।

नेपाली नागरिक ठकुरी भारतीय सेनाको टोलीबाट फुटबल खेल्छन् । आइतबार उनले सामाजिक सञ्जालमार्फत भारतीय सेनाले अन्य देश जाने स्वीकृति नदिएको र १० वर्षको जागिर छोड्न पनि नसकेको बताएका छन् ।

राष्ट्रिय टोलीमा खेल्न नेपालमा सयौं गोलरक्षक रहेको बताउँदै उनले उनले आफूलाई विवादमा नपार्न आग्रह गरेका छन् ।

यसअघि राष्ट्रिय टोलीका १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण छोडेका थिए ।

माल्दिभ्समा क्लब फुटबल खेलिरहेका कप्तान किरण चेम्जोङले पनि विद्रोह गरेका १० खेलाडीलाई साथ दिएपछि प्रशिक्षक अलमुताइरीले उनको विकल्पको रुपमा ठकुरीलाई बोलाएका थिए ।

प्रशिक्षक र खेलाडी विवादको एन्फाले छानिबिन गर्ने

ताजा अपडेट

नेपालवाच विशेष