NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सेनासँग हतियार सापटी लिएर चुनावी सुरक्षामा खटियो नेपाल प्रहरी

काठमाडौं । निर्वाचन घोषणाको तयारी हुँदादेखि नै नेपाल प्रहरीले आफूसँग पर्याप्त हतियार र सञ्चार साधन नभएको जानकारी गराउँदै पटक–पटक पत्राचार गरेर सरकारसँग बजेट माग गरेको थियो । तर बजेट नपाएपछि सेनासँग हतियार सापटी लिएर चुनावमा खटिएको छ ।

आइतबार नेपाल प्रहरीले सेनासँग करिब सात सय थान हतियार सापटी लिएको छ । हतियार किन्न वर्षौंदेखि माग हुँदा पनि बजेट नदिएपछि सापटी मागेर चुनाव गराउनुपर्ने अवस्था आएको एक उच्च प्रहरी अधिकृतले बताए । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले पनि सेनासँग केही साना हतियार सापटी लिइएको पुष्टि गरे ।

यसबाहेक प्रहरीसँग चुनावमा पर्याप्त सञ्चार सेट पनि छैन । चुनावमा करिब १५ हजार सञ्चारसेट आवश्यक रहेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।